• 1731阅读
  • 1回复

听写尼泊尔语国际广播电台

级别: 管理员
http://nepal.cri.cn/
http://nepal.cri.cn/481/more/486/more486.htm
http://nepal.cri.cn/481/more/488/more488.htm
[http://nepal.cri.cn/481/2011/04/06/1s115328.htm

चीन अध्ययन केन्द्रले चीनका महान् नेता तङ्ग स्याओ पेङ्गको जीवनीलाई नेपाली भाषामा प्रकाशन गर्ने भएको छ
(GMT+08:00) 2011-04-06 18:54:02        चिनियाँ प्रकाशनलाई नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गर्दै आएको चीन अध्ययनकेन्द्रले चिनियाँ महान् नेता तङ्ग स्याआ पेङ्गको जीवनीमा आधारित पुस्तकलाई पनिनेपाली भाषामा प्रकाशन गर्न लागेको छ । चीन अध्ययन केन्द्रका सदस्य तथा प्रकाशन विभागका प्रमुख बासु ढकालले सी.आर.आई.लाई बतानु भए अनुसार तङ्ग स्याओ पेङ्गकी छोरीले लेख्नु भएको मेरा बुबा पुस्तक आउने मे महिनामा केन्द्रले प्रकाशन गर्नेभएको हो ।

        एक चीन दुई व्यवस्थाका प्रवर्द्धक तङ्ग स्याओ पेङ्ग चीनका महान् सुधारवादी नेताहुनुहुन्छ । उहाँकै नीति अनुसार हङ्गकङ्ग र मकाओ मातृभूमि चीनमा समाहित भएका हुन। त्यसैगरी थाइवान पनि मातृभूमि चीनमा चाँडै नै समाहित हुने कुरामा विश्वासगरिएको छ । आर्थिक सुधार र खुलापनको कार्यक्रम अगाडि सारेर सन् 1980 को दशकमा चीनलाईविश्वमै चर्चित बनाउने कुरामा चिनियाँ नेता तङ्गले नेतृत्वदायी भूमिका निर्माण गरेका छन् । नयाँ चीन स्थापनामा अध्यक्ष माओत्सेतुङ्ग र नेता तङ्गलाई उत्तकि आदर रश्रद्धाका हेरिन्छ ।

        ती नै महान् नेता तङ्गको जीवनीमा आधारित पुस्तक माइ फादरको नेपाली अनुवादगरी प्रकाशन गर्न लागिएको ढकालले बताउनु भयो । यो पुस्तक चिनियाँ, अंग्रेजीलगायतका भाषामा पहिले नै अनुवाद भइसकेको छ ।
级别: 管理员
只看该作者 1 发表于: 2011-08-08
尼泊尔语1

चीनको कान सु प्रान्तको चौ छ्वी जिल्लामा प्रकोपपछि पुनर्निर्माण कार्य सकारात्मक रुपमा चलिरहेको
(GMT+08:00) 2011-08-08 19:34:40

पश्चिमी चीनको कान सु प्रान्तको चौ छ्वी जिल्लामा विनाशकारी पहिरो गएको आज एक वर्ष बितेको छ। यस प्रकोपमा आफ्ना नाताकुटुम्ब तथा आफ्ना परिवारका सदस्य हराएकाहरूले यस वर्ष आफ्नो आँसु पुछ्न दृढताका साथ प्रयास गरेको छ। प्रकोपछिको पुनर्निर्माण कार्य सकारात्मक रुपमा चल्नुका साथै अहिले एउटा अझ रमणीय चौ छ्वी जिल्ला स्थापित भएको छ।

          सन् 2010 को अगष्ट महिनाको आठ तारिखको बिहान सबेरै विनाशकारी पहिरोले चौ छ्वी जिल्लालाई पिडित बनाएको थियो। यसमा 1510 जनाले ज्यान गुमाउनुका साथै 255 जना बेपत्ता भएका थिए भने सत्त्चालीस हजार जना यस प्रकोपबाट प्रभावित भएको थिए।यसैगरी साठी हजारभन्दा बढी भवन ध्वस्त भएका थिए। जुन नयाँ चीनको स्थापना भएदेखि यता उत्पन्न सबभन्दा गम्भीर पहिरो थियो।

          आज बिहान चौ छ्वी विनाशकारी पहिरो प्रकोपको एक वर्षको सम्झना कार्यक्रम भव्यताका साथ आयोजना भएको थियो। यस प्रकोपको सम्झना पार्कमा 8.8 मिटर अग्लो स्मृति खम्बा उभिएको छ। बाटुलो आकारको सम्झना भित्तामा पारिवारिक नामको ध्वनिको अङ्कबमोजिम् सो प्रकोपका मृतक तथा बेपत्ताहरूको नाम लेखिएको छ। तिनीहरूलाई सम्झना गर्नका लागि लामो र दुःखी लय भएको गीतमा समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणले सँगसँगै पहेंलो गोदावरी फूल बोकेर शान्तिपूर्णरुपमा खम्बा अगाडि चढाएका छन्।

          छङ्ग पै बस्तीको पै च्ये गाउँका बासिन्दा पि थाउले ध्वस्त पारिएको आफ्नो पहिलेको घरको स्थानको दिशा औंल्याउँदै सो अवशेष देखे मात्र पनि रुन मन लाग्ने बताएका छन्। हाल उनी र आफ्ना पारिवारिक सदस्य भाडाको घरमा बसेतापनि नयाँ क्षेत्रमा एउटा भवन पाउनका लागि नाम दर्ता गरिसकेका छन्। हरेक दिन अग्लो हुँदै गएको नव निर्मित-भवन देखेर उनलाई धेरै खुसी लागेको छ।

           हाल विभिन्न विभागले द्रूत गतिले पुनिर्निर्माण कार्य गरिरहेका छन्। यसबाट मैले अर्को वर्षको यसै बेलामा नयाँ आबासमा सर्नेछु जस्तो भावना मेरो मनमा आएको छ।

           बितेको एक वर्षदेखि यता चौ छ्वीको पुनर्निर्माण कार्यमा सर्वप्रथम शहरी तथा गाउँले बासिन्दाको आबासको निर्माण कार्य सुरु गरिएको छ। तीमध्ये शहरी तथा गाउँका बासिन्दाको आबासको मर्मत कार्य पूरा भइसकेको छ। यसबारे चर्चा गर्दै चौ छ्वी जिल्लाको आबास निर्माण ब्यूरोका प्रमुख हुङ्ग स्याउ ल्युले यसरी जानकारी बताउनुभएको छः

          प्रकोपपीडित सर्वसाधारणलाई यथाशिघ्र नयाँ आबासमा सारेर बसोबास गराउनका लागि हामीले निर्माणको गतिलाई द्रूत पार्दै दिनमा चौब्बीसै घण्टा काम गरिरहेका छौँ। यसबाट यस वर्षको अन्त्यतिर सो परियोजनाको मुख्य भाग पूरा हुने कुरामा हामी विश्वस्त छौँ।

          प्राप्त सबभन्दा पछिल्लो तथ्याङ्कअनुसार, चौ छ्वी जिल्लामा प्रकोपपछिको पुनर्निर्माण कार्यबारेको 170 वटा परियोजनाहरूमध्येका 137 वटा परियोजना सुरु भइसकेका छन्। यसमा भएको लगानीको परिमाण एक खर्ब सत्तरी करोड चिनियाँ युआन पुगेको छ। जुन लगानीको कूल परिमाणको लगभग तीस प्रतिशत हो।

          योजनाअनुसार, यस वर्षको अन्त्यअघि नै चौ छ्वीमा शहरी तथा गाउँका बासिन्दाको आबास तथा शिक्षा, स्वास्थ्य आदि सार्वजनिक सेवाबारेको परियोजनाको पुनर्निर्माण कार्य आधारभूत रुपमा पूरा हुनेछ। सन् 2012को अन्त्यअघितिर शहरी तथा गाउँका आबास, शहर तथा बस्तीको निर्माण, सार्वजनिक सेवा, आधारभूत प्रबन्ध, उद्योग तथा पर्यावरणीय वातावरणबारेका पुनर्निर्माण कार्यभार तथा पाइ लुङ्ग च्याङ्ग नदी तथा च्यानलको व्यवस्थापन तथा भौगोलिक प्रकोपको व्यवस्थापन आदि कार्य आधारभूत रुपमा पूरा हुनेछ। यसद्बारा प्रकोपपीडित क्षेत्रको आधारभूत उत्पादित तथा दैनिक वातावरण तथा आर्थिक सामाजिक विकसित स्तर प्रकोपअघिको सँग समान वा बढी राम्रो पनि हुन सक्नेछ।
描述
快速回复

您目前还是游客,请 登录注册